सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ

सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । उनलाई सोमबार काठमाण्डुको टोखाबाट पक्राउ गरिएको हो ।

२२ करोड रुपैयाँ ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

पीडितले प्रहरीको टोल फ्री नम्बरमा फोन गरेर सूचना दिएपछि पक्राउ गरिएकाे जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी अपिलराज बोहराले काठमाण्डुपाटीलाई बताए ।

दीपेन्द्रलाइ सानो पूँजी भएका कम्पनीको सेयर कर्नरिङ गर्ने, म्याचिङ गर्ने र लगानीकर्तालाई बिक्री गरेर आफूले कमाउने धन्दा गरेको आरोप लाग्दै आएको थियो ।

अग्रवालले १५ वटा कारोबार व्यवस्थापन प्रणाली(टीएमएस) खाता चलाउने । उनले ती खाता मार्फत आफै खरिद गर्ने र आफैले बिक्री गरी सेयर मूल्य बढाउने काम गर्दै आएका थिए । सेयर मूल्य निश्चित तहमा पुर्‍याएपछि उनले सस्तोमा सेयर विक्री गर्थे । 

भुक्तानी नदिने र आफैले एक कारोबार खाताको पैसा अर्को व्यक्तिकोमा ट्रान्सफर गर्ने समेतको काम गरेपछि धितोपत्र बोर्डमा उजुरी परेको थियो ।