अवैध लागूऔषधसहित ५ जना पक्राउ

अवैध लागूऔषधसहित ५ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले झापा र कैलालीबाट अवैध लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।

झापाको भद्रपुर नगरपालिका–७ डाँफेचोकबाट अवैध लागूऔषध ब्राउनसुगर ३७ ग्राम ४९० मिलिग्रामसहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय सुनिल चापागाई, नुवाकोट तादी गाउँपालिका–६ बस्ने ३० वर्षीय मनकुमार दर्जी र उनकै श्रीमती २६ वर्षीया शशी खत्री रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले लागूपदार्थसहित पक्राउ गरेको छ ।

कैलालीको जानकी गाउँपालिका–३ नयाँ लायकपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ १ ग्राम ३४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय भुवन कठरिया र ३५ वर्षीय राजु चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

बरामद लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।