अवैध लागूऔषध गाँजा बरामद

अवैध लागूऔषध गाँजा बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – गरूडा नगरपालिका–४ बाट अवैध लागूऔषध गाँजा करीब १३३ किलोग्राम मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट गरूडाबाट खटिएको प्रहरीलाई देख्नासाथ चपुरबाट गौरतर्फ जाँदै गरेको ग३च ६८९६ नम्बरको कार छाडी चालक फरार भएपश्चात इलाका प्रहरी कार्यालय गरूडा समेतबाट खटिएको प्रहरी टोलीले कार तलासी गर्दा डिक्कीमा १३ वटा पोकामा रहेको गाँजा पदार्थ फेला पारी बरामद गरेको हो ।

प्रहरीले हाल फरार कार चालकको खोजी गर्नुका साथै बरामद गाँजा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।