करीब ६७१ किलो गाँजासहित ट्रक चालक पक्राउ

करीब ६७१ किलो गाँजासहित ट्रक चालक पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – प्रहरीले करीब ६७१ किलो गाँजासहित ट्रक चालकलाई पक्राउ गरेको छ ।

राप्ती नगरपालिका–१ स्थित लोथर पुल नजिकैबाट अवैध लागूऔषध गाँजा करीब ६७१ किलो ६०० ग्रामसहित भारतको बिहार पूर्वी चम्पारण तुर्कालिया घर भएका ३७ वर्षीय शेख सबीलअख्तरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको यूपी ८२ टी ३९२१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ड्राइभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई लुकाइछिपाई राखेको ४३ वटा पोकाबाट गाँजा फेला पारी चालक शेख सबीलअख्तरलाई पक्राउ गरेको छ ।

बरामद गाँजा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।