काठमाण्डु – भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले झापामा गोली चलाएको छ ।
शनिबार दिउँसो ३:५० बजे भद्रपुर–५ स्थित बसपार्क नजिकै गोली चलाएर प्रहरीले भारतको बिहार किशनगञ्ज जिल्ला कुर्लिकोट निवासी ३६ वर्षीय मोहम्मद इस्लामलाई पक्राउ गरेको हो ।
झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बूले काठमाण्डुबाट खटिएको लागूऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले घटनास्थलमा २ राउन्ड गोली चलाएको जानकारी दिए । १ राउन्ड हवाई फायर र अर्को गोली कारोबारी इस्लामको बायाँ खुट्टाको घुँडाभन्दा मुनि लागेको बताइएको छ ।
कारोबारी भाग्न खोज्दा प्रहरीले गोली चलाएको एसपी लिम्बूले बताए । उनको साथबाट प्लास्टिकसहित ११० ग्राम २ मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया