अवैध विदेशी विनिमय कारोबारमा संलग्न ३ जना पक्राउ

अवैध विदेशी विनिमय कारोबारमा संलग्न ३ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – अवैध रूपमा विदेशी विनिमय कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ हाटबजार ठेगाना भएका ४५ वर्षीय महुमुद्दिन एम अहमद, कास्की पोखरा महानगरपालिका–६ बैदाम बस्ने झापाको दमक नगरपालिका–४ ठेगाना भएका ४५ वर्षीय राजकुमार बुढाथोकी र कास्कीको पोखरा महानगरपालिका–१९ पुरनचौर ठेगाना भएका ४३ वर्षीय खेमराज पौडेल छन् ।

पोखरा महानगरपालिका–१७ पार्दी बिरौटामा अवैध रूपमा विदेशी बिनिमय कारोबार भइरहेको भन्ने सूचनाको आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले संलग्न उनीहरूलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट १९ हजार ६०० अमेरिकी डलर, ३ हजार २०० यूरो र ४३ लाख ७३ हजार ७०० नेपाली रूपैयाँ बरामद भएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा महुमुद्दिनले रूपन्देही तथा कास्की जिल्लामा रेष्टुरेण्ट व्यवसाय सञ्चालन गरी नेपाली रूपैयाँसँग विदेशी मुद्राको अवैध सटही सम्बन्धी कारोबार गर्ने, राजकुमारले विगत २० वर्षदेखि सेन्टर प्वाइन्ट लेक साइडमा हिलारी मनी एक्सचेन्ज नामक कम्पनी सञ्चालन गरी विदेशी मुद्राको अवैध सटही सम्बन्धी कारोबार गर्ने र खेमराजले विगत १४ वर्षदेखि स्ट्रिट नम्बर १४ लेक साइडमा सगरमाथा मनी एक्सचेन्ज नामक कम्पनी सञ्चालन गरी विदेशी मुद्राको अवैध सटही सम्बन्धी कारोबार गर्ने गरेको खुल्न आएको छ ।

उनीहरूउपर नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्तर्गतको कसूरमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।