जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले काठमाण्डु र कञ्चनपुरबाट जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेका छन् ।

काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने श्याम कृष्ण श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ घर भएका ४५ वर्षीय इन्द्र श्रेष्ठ समेत ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ९३ हजार ७६० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा भीमदत्त नगरपालिका–१५ बस्ने ४४ वर्षीय धिरेन्द्र सिंह कठायत क्षेत्री समेत ६ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २० हजार ९३५ रूपैयाँ र २ गड्डी ताससहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।