हवाई फायर गरी हेरोइनसहित २ जना पक्राउ

हवाई फायर गरी हेरोइनसहित २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ बरहीविरपुरमा प्रहरीले हवाई फायर गरी आज हेरोइनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले २ राउण्ड हवाई फायर गर्दै २ जनालाई लागुऔषध हेरोइनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका १ बडिविरपुर का विशाल राय र डाक्नेश्वरी– ७ का मनोज राय छन् । सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीका अनुसार पक्राउ परेकाहरुको साथबाट एक सय ग्रामभन्दा बढी लागुऔषध खैरो हेरोइन बरामद भएको छ ।

प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा उनीहरु भाग्न खोजेका थिए । सोही क्रममा नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गर्नुपरेको उपरीक्षक केसीको भनाइ छ ।