काठमाण्डु – उच्च अदालत पाटनको आदेशपछि बीएन्डसी मेडिकल कलेजका मालिक एवं राजावादी अभियन्ता दुर्गा प्रसाईं धरौटीमा रिहा भएका छन् ।
सोमवार उच्च अदालतको आदेश आएसँगै तिनकुने घटनामा ३ लाख र बैंकिङ कसुरमा २५ लाख गरी जम्मा २८ लाख धरौटी रकम बुझाएर उनी रिहा भएका हुन् ।
न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले यसअघि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डुको आदेश बदर गर्दै प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
अदालतले २०८१ चैत १५ गते काठमाण्डुको तीनकुनेमा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरी भएको राजावादी प्रदर्शनका मुख्य नाइकेका रूपमा रहेका प्रसाईंलाई सोही घटनामा ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
प्रसाईंविरुद्ध जिल्ला प्रहरी परिसर काठमाण्डुले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् राज्यविरुद्धको कसूरसहित विभिन्न ५ मुद्दा दायर गरेको थियो ।




प्रतिक्रिया