ज्यान मार्ने उद्योगमा तारकेश्वर नगरपालिका–११ का वडाध्यक्षसहित ११ जना पक्राउ

ज्यान मार्ने उद्योगमा तारकेश्वर नगरपालिका–११ का वडाध्यक्षसहित ११ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डुको तारकेश्वर नगरपालिका ११ का वडाध्यक्ष कविराज बस्नेत पक्राउ परेका छन्।

काठमाण्डु महानगरपालिका र तारकेश्वर नगरपालिकाबीचको सीमा विवादमा झडप हुँदा कुटपिट गरी घाइते बनाएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

झडपमा घाइते भएका व्यक्तिले ज्यान मार्ने उद्योगमा जाहेरी दिएपछि प्रहरीले पक्राउ पूर्जी लिएको थियो।

पक्राउ पूर्जी जारी भएको थाहा पाएपछि आफैँ निवेदनसहित उपस्थित भएका वडाध्यक्ष बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

वडाध्यक्ष बस्नेतसहित ११ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई बालाजु प्रहरी वृत्तमा राखेर बयान लिइरहेको प्रहरीले जनाएको छ।