पोखरा – सामाजिक अभियन्ताको रूपमा परिचित शर्मिला वाइबालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
साइबर क्राइम मुद्दामा उनलाई कास्कीको लेकसाइडबाट पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
उनकै सहकर्मी शर्मिला श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ । वाइबामाथि काठमाण्डु प्रहरीमा जाहेरी दर्ता भएको थियो ।
आरोपी वाइबालाई काठमाण्डु पठाइने प्रहरीले जनाएको छ ।




प्रतिक्रिया