सप्तरीमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु

सप्तरीमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा मदिरा तस्करी गर्ने समूह र प्रहरीबीच भएको झडप छ । झडपमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको हो।

भारततर्फ मदिरा तस्करी भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीको टोली कमलपुर पुगेपछि तस्कर समूहले आक्रमण गरेको थियो । प्रहरीले आत्मरक्षाका लागि चलाएको गोली लागेर स्थानीय लालु यादवको मृत्यु भएको बुझिएको छ।

प्रहरीले चलाएको गोली लागेर घाइते यादवको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले पुष्टि गरे ।

उनका अनुसार यादवको तिघ्रामा गोली लागेको थियो । उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उनको मृत्यु भएको हो ।

बस्नेतले तस्कर समूहको ढुंगामुढाले एक प्रहरी पनि घाइते भएका छन् । प्रहरीले गोली चलाएपछि तस्करहरूले केही कार्टुन मदिरा छाडेर भागेका थिए । प्रहरीले ८) कार्टुन मदिरा बरामद गरेको छ ।