जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पाल्पा र दाङबाट २ जनालाई पक्राउ गरेको छ ।

पाल्पामा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका–५ बेझाड डेरा गरी बस्ने लमजुङको मर्स्याङ्दी गाउँपालिका–५ घर भएका २८ वर्षीय धन रासी विकलाई प्रहरीले पक्राउ गरेको छ ।

विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।

दाङको ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–३ मसोट बस्ने ३६ वर्षीय हिमाल बोहरालाई प्रहरीले पक्राउ गरेको छ । बोहराले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।