पशुपतिमा जल्दै गरेको शवको व्यापार : मासु र हड्डी निकाल्ने घाटे पक्राउ

पशुपतिमा जल्दै गरेको शवको व्यापार : मासु र हड्डी निकाल्ने घाटे पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पशुपति आर्यघाटमा दाहसंस्कारको क्रममा जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पशुपति आर्यघाटमा घाटे काम गर्ने गणेश ढकाल रहेका छन् ।

गौशाला प्रहरी वृत्तको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुलदीप चन्दले जानकारी दिए।

यो घटना काभ्रेको बनेपा नगरपालिका–९ का राम शाहीको अन्त्येष्टि क्रममा भएको बताइएको छ। गत शुक्रबार प्राइम टाइम टेलीभिजनले उक्त घटनालाई लिएर रिपोर्ट सार्वजनिक गरेपछि यो घटना चर्चामा आएको थियो ।

भिडियोमा घाटे ढकालले जल्दैगरेको शवबाट मासुको टुक्रा निकालेर बट्टामा राखे र सहयोगीलाई दिए । उक्त बट्टा लिएर सहयोगी बेपत्ता भएको बताइएको थियो ।

यसैक्रममा भिडियोमा मृतकका भतिजले प्रतिकार गरेर सोध्दा ”ढकालले कोइला खरानी दिएको बताएको र उक्त कामका लागि सहयोगीबाट ५ सय रुपैयाँ लिएको पाइएको” बताएका छन् ।

खबर पाउनासाथ प्रहरीले शुक्रबार नै ढकाललाई पक्राउ गरेर हिरासतमा राखेको हो ।

आफन्तको उजुरीपछि प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको हो। यद्यपि, मासु र हड्डी कसलाई र कति मूल्यमा बेचिएको हो भन्नेबारे हालसम्म कुनै प्रमाण भेटिएको छैन। शवबाट मासु र हड्डी निकालेर अघोरी बाबालाई बेचिने गरेको हुनसक्ने आशंका गरिएको छ ।प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको छ।