सुनचाँदीको अवैध कारोबारमा संलग्न ११ जना पक्राउ

सुनचाँदीको अवैध कारोबारमा संलग्न ११ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – सुनचाँदीको अवैध कारोबारमा संलग्न रहेको अभियोगमा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत घर भई पोखरा महानगरपालिका–२ मोहरीया टोल बस्ने ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४५ वर्षीय मनिक लाल आदक, ४१ वर्षीय सोमनाथ पाल, ४४ वर्षीय तापस सामन्त, ४९ वर्षीय प्रोभास माझी, पोखरा महानगरपालिका–१ बिन्दावासिनी बस्ने ३५ वर्षीय सन्दिप ढाव, पोखरा महानगरपालिका–४ तेर्सापट्टी बस्ने ४७ वर्षीय दिपक सामन्त, पोखरा महानगरपालिका–३ बस्ने ४७ वर्षीय गोविन्दा दिण्डा, पोखरा महानगरपालिका–९ चिप्लेढुङ्गा बस्ने ३५ वर्षीय असित वर, पोखरा महानगरपालिका–२ भैरव टोल बस्ने ३८ वर्षीय उज्वल भोमिक र पोखरा महानगरपालिका–८ सभागृह बस्ने ४० वर्षीया सुनिता पवार छन् ।

पोखरा महानगरपालिकाका वडा नम्बर २, ३, ४ र ९ का एरियाहरूमा सुनचाँदीको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको छ ।

प्रहरीले राजेन्द्रको साथबाट सुन ११ तोला २०.६ लाल, चाँदी २९६ तोला ३३ लाल र नगद १ लाख ६० हजार ५०० रूपैयाँ, मनिकको साथबाट सुन १३ तोला १७ लाल र चाँदी १० तोला ५५ लाल, सन्दिपको साथबाट सुन ३ तोला ८ लाल, सोमनाथको साथबाट सुन १२ तोला १२.७ लाल र चाँदी ९ तोला ५९.४ लाल, दिपकको साथबाट सुन ३८ तोला ५ लाल र चाँदी ३० तोला ११ लाल, गोविन्दको साथबाट सुन २ सय १० तोला ८९ लाल, असितको साथबाट सुन ८६ तोला ८७.१ लाल र चाँदी ३१.५ लाल, तापसको साथबाट सुन २४ तोला १५ लाल, उज्वलको साथबाट सुन ५ तोला ४६.९ लाल, सुनिताको साथबाट  सुन २ तोला ५० लाल र चाँदी ९३ तोला ६१ लाल, प्रोभासको साथबाट सुन ८८ तोला ३१ लाल र नगद १ लाख ८५ हजार रूपैयाँ तथा पोखरा महानगरपालिका–१ स्थित सन्जय ढावको कारखानाबाट सुन १३ तोला ५८ लाल, चाँदी ४ तोला २३ लाल र नगद १ लाख ६९ हजार १५५ रूपैयाँ समेत बरामद गरेको छ । प्रहरीले हाल फरार सन्जयको खोजी गरिरहेको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।