नापीका कार्यालय सहयोगी १३ हजार घुस लिँदालिँदै रंगेहात पक्राउ

नापीका कार्यालय सहयोगी १३ हजार घुस लिँदालिँदै रंगेहात पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय कलंकीका कार्यालय सहयोगीलाई १३ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ ।

जग्गाको हालसाविक गरी नयाँ पुर्जा बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको आरोपमा कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई अख्तियारको टोलीले सोमबार कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको छ ।

आयोगका अनुसार चन्द्रागिरि नगरपालिका–१३ स्थित जग्गाको नयाँ पुर्जा बनाउने काममा सहजीकरण गरिदिने भन्दै कुँवरले सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस माग गरेकोमा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ ।

घुस मागेको सूचना र उजुरीका आधारमा आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई घुसबापत लिएको रकमसहित पक्राउ गरेको छ ।