काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका प्रहरी जवान १५ हजार रूपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान यामबहादुर खत्री घुस रकमसहित पक्राउ परेका हुन् ।
सीमा पारी भारतबाट भन्सार छली अवैध रूपमा कपडा तथा किराना सामान ल्याउने कार्यमा सघाउने भनी सेवाग्राहीसँग घुस लिएको अवस्थामा उनलाई पक्राउ गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई १५ हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए ।




प्रतिक्रिया