झापामा भारी वर्षा, सुनसरी र इलामका नदीमा जलसतह सतर्कता तह पार

झापामा भारी वर्षा, सुनसरी र इलामका नदीमा जलसतह सतर्कता तह पार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – झापा जिल्लाको अनारमनी बिर्ता वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सो क्षेत्र हुँदै बहने स–साना खोलाहरूमा पानीको बहाव बढ्ने सम्भावना रहेको छ।

विभागले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

यस्तै सुनसरी र इलामका नदीहरूमा जलसतह सतर्कता तह पार गरेको छ।

विभागका अनुसार, बुधबार बिहान सुनसरी जिल्लास्थित सार्दु खोला मदन भण्डारी राजमार्ग जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरी बढ्दो क्रममा छ। यस कारण नदी तटीय क्षेत्र तथा डुबानको सम्भावना हुने होचा भू–भागमा बसोबास गर्ने स्थानीयलाई बिहानसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

यस्तै, इलाम जिल्लास्थित माई खोला चिसापानी जलमापन केन्द्रको जलसतह पनि सतर्कता तह पार गरी बढ्दो क्रममा रहेको विभागले जनाएको छ। नदी तटीय क्षेत्रमा बस्ने र डुबानको जोखिम हुने स्थानका बासिन्दालाई बिहानसम्म सतर्क रहन अनुरोध गरिएको छ।