महाकालीमा पानीको प्रवाह उच्च, बनबासा पुल बन्द

महाकालीमा पानीको प्रवाह उच्च, बनबासा पुल बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिममा अविरल वर्षाका कारण महाकाली नदीमा पानीको प्रवाह बढेको छ। पानीको प्रवाह बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

बिहीबार बिहान ११ बजेसम्म्ममा पानीको प्रवाह १ लाख २६ हजार ७१२ क्यूसेक मापन भएको छ। जिल्ला प्रहरीका प्रवक्ता सागर बोहराले वर्षा भइरहेकाले पानीको प्रवाह अझै बढ्न सक्ने बताए। उनका अनुसार नेपाल भारत सीमामा रहेको बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधन आवतजावतमा रोक लगाइएको हो।

बनबासा पुलमा रहेको बाढी मापन केन्द्रमा पानीको बहाब एक लाख भन्दा बढी भएमा सुरक्षाका दृष्टिकोणले खतरा मानिन्छ ।

दुई पाङ्ग्रे सवारी साधन र मानिस आवतजावत चालु रहेको प्रहरीले जनाएको छ।