मनसुन कमजोर बन्दै, लुम्बिनी र सुदूरपश्चिममा हल्का वर्षाको सम्भावना

मनसुन कमजोर बन्दै, लुम्बिनी र सुदूरपश्चिममा हल्का वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । जसका कारण नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागमा साधारणतया मौसम बदली रही सबै प्रदेशका केही स्थानमा हल्का तथा कोशी प्रदेश र लुम्बिनी प्रदेशको एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

शनिबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र अन्य भूभागमा साधारणतया बदली रहने छ भने लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागलगायत बाँकी प्रदेशको पनि पहाडी र तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

राति कोशी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही अन्य भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।