राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगे भारतीय विदेशसचिव मिश्री

राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगे भारतीय विदेशसचिव मिश्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेल र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ ।

आइतबार काठमाण्डु आएका विदेश सचिव मिश्री राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका हुन् ।

उनले आजै अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

सचिव मिश्री परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणमा आएका मिश्री आजै सबै महत्त्वपूर्ण भेटवार्ता सकाएर सोमबार पशुपतिनाथको दर्शन गरेर भारत फर्किने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीका सन्दर्भमा विदेश सचिव मिश्री नेपाल भ्रमणमा आएका हुन् ।