प्रेस काउन्सिलको अध्यक्षमा शाहलाई नियुक्त गर्ने तयारी

प्रेस काउन्सिलको अध्यक्षमा शाहलाई नियुक्त गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रेस काउन्सिलको रिक्त अध्यक्ष पदमा प्रेस युनियन नेपालका पूर्वअध्यक्ष पत्रकार समीरजङ्ग शाह नियुक्त हुने भएका छन् ।

नेपाली कांग्रेसनिकट पत्रकार मानिने शाहलाई काउन्सिलको अध्यक्ष बनाउने सहमति सत्तारुढ गठबन्धनमा जुटेको उच्च स्रोतले जनाएको छ ।

आगामी मन्त्रिपरिषद् बैठकबाट शाहलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय हुनेछ । रेडियो नेपालमा लामो समय कार्यरत रहेका शाह यसअघि नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष बनिसकेका छन् ।

जाजरकोट घर भएका शाह कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिन्छन् । उनले अध्यक्षमा नियुक्तिका लागि योग्यताका प्रमाणपत्र सरकारलाई बुझाइसकेका स्रोतले जनाएको छ ।