न्यायिक समितिमा निर्णय गर्दा घुस लेनदेन ! अख्तियारद्वारा २ जनाविरुद्ध मुद्दा दायर

न्यायिक समितिमा निर्णय गर्दा घुस लेनदेन ! अख्तियारद्वारा २ जनाविरुद्ध मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पोखरा महानगरपालिका अन्तर्गत न्यायिक समितिमा निर्णय गर्दा घुस लेनदेन भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

बाटो सम्बन्धी मुद्दा जित्न २ लाख रुपैयाँ घुस लेनदेन गरेको आरोपमा अख्तियारले घुस दिने र लिने २ जनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पोखरा महानगर–२६ मा रहेको बाटोको विषयमा न्यायिक समितिमा विचाराधीन मुद्दामा आफ्नो पक्षमा फैसला गराउने उद्देश्यले घुस लेनदेन भएको भन्ने उजुरीमाथि छानबिन गर्दै अख्तियारले घुस लेनदेन भएको ठहर गरेको छ ।

छानबिनका क्रममा मुद्दाका निवेदक रविन कुमार श्रेष्ठले मुद्दा आफ्नो पक्षमा पार्न तत्कालीन न्यायिक समितिकी सदस्य भावना श्रेष्ठलाई २ लाख रुपैयाँ घुस दिएको प्रमाण फेला परेको अख्तियारले जनाएको छ । श्रेष्ठ पोखरा महानगरपालिका–९ की वडा सदस्य समेत रहेकी छन् ।