गोबर गणेशको छायांकन सुरु

गोबर गणेशको छायांकन सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चलचित्र गोबर गणेशको शुभमुहूर्त गरिएको छ। काठमाण्डुको म्हेपी मन्दिर परिसरमा चलचित्रको शुभमुहूर्त गरिएको हो।

शुभमुहूर्तमा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) सहित चलचित्र कलाकारहरूको उपस्थिति थियो। क्यामेरा पूजा गर्दै चलचित्रको सट लिएर शुभमुहूर्तमा केदार घिमिरे ‘माग्ने बुढा’ले नरिवल फोडर र कलाकार रवि गिरीले क्लयाप हानेर गरिएको हो।

चलचित्रको छायांकन पोखरा लगायतका स्थानमा हुनेछ। करिब ३५ दिनको छायांकन सेड्युल रहेको निर्देशक श्रेष्ठले बताए।

मरिचमान श्रेष्ठले निर्देशन गर्ने गोबर गणेश माघ १ गते रिलिज हुनेछ। उनको यो पहिलो फिचर फिल्म निर्देशन हो। मेरी बास्सैबाट दर्शकमा लोकप्रिय बनेका उनी त्यसपछि आफैं टेलिचलचित्र निर्देशनमा आएका थिए। उनका टेलिचलचित्र हल्का रमाइलो र जुठे दर्शक लोकप्रिय छन्।

बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रको अभिनेत्रीमा वर्षा सिवाकोटी छिन्। यस्तै अन्य कलाकारमा मरिचमान श्रेष्ठ, विनोद न्यौपाने, पदम तामाङ, विल्सन विक्रम राई, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, राजु याक्छा, रामप्रसाद खनाल, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु) लगायत छन्।

तारानाथ न्यौपाने चिफ एडी रहेको चलचित्रमा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ।

टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ। नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ।