काठमाण्डु– नक्कली शैक्षिक प्रमाणपत्र खरिद–विक्रि प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेल पक्राउ परेका छन्।
कँडेलले सञ्चालन गरेको चितवनस्थित इन्स्टिच्युटमार्फत नक्कली प्रमाणपत्र किनबेच हुँदै आएको पत्ता लागेपछि रुपन्देही प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
यसअघि भदौ १ गते रुपन्देहीको बेलहिया बसपार्कबाट भारतीय नागरिक २५ वर्षीय अभिषेक यादवलाई पक्राउ गरिएको थियो। यादवको साथबाट नेपाल तथा भारतका विभिन्न शैक्षिक संस्था र विश्वविद्यालयका नक्कली प्रमाणपत्र, स्टाम, होलोग्राम र स्टिकर बरामद भएको प्रहरीले जनाएको छ।
यादवले ती सामग्री कँडेलकै मागअनुसार भारतमा छपाई गरेर नेपाल ल्याएको स्वीकार गरेकाे र त्यसपछि रुपन्देही प्रहरीले चितवनको कालिका नगरपालिका–५ निवासी ५० वर्षीय कँडेललाई बिहीबार पक्राउ गरी रुपन्देही लगेकाे रुपन्देही प्रहरीका डीएसपी सुरज कार्कीले जानकारी दिए ।




प्रतिक्रिया