जबरजस्तीकरणी गरेको अभियोगमा २ जना पक्राउ

जबरजस्तीकरणी गरेको अभियोगमा २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले अर्घाखाँची र इलामबाट २ जनालाई पक्राउ गरेको छ ।

अर्घाखाँचीमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छत्रदेव गाउँपालिका–८ निन्युडाँडा बस्ने ४० वर्षीय मेगराज नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

मेगराजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खन र प्रहरी चौकी अर्घातोषबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।

यसैगरी, इलाममा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्योदय नगरपालिका–९ बरबोटे बस्ने २२ वर्षीय अमित गुरूङलाई प्रहरीले पक्राउ गरेको छ ।

अमितले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।