पुर्पक्षका लागि कारागारको थुनामा रहेका १ जनाको मृत्यु

पुर्पक्षका लागि कारागारको थुनामा रहेका १ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेका १ जनाको मृत्यु भएको छ ।

जबरजस्तीकरणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरीको मृत्यु भएको हो ।

कैलाली कारागारका जेलर प्रकाश ढुंगानाले चौधरीले रिंगटा लागेको भनेपछि उपचारका लागि दिउँसो साढे २ बजेतिर सेती प्रादेशिक अस्पताल लगिएकोमा अस्पताल पुर्‍याइएको केहीबेरमै चिकित्सकले मृत घोषणा गरेका जानकारी दिए ।

जबरजस्तीकरणी मुद्दामा थुनामा राखिएका चौधरीलाई उच्च रक्तचापको समस्या रहेको बताइएको छ ।