सुटकेस भित्र शव प्रकरण : रुबीको हत्या आरोपी जलेको अवस्थामा फेला

सुटकेस भित्र शव प्रकरण : रुबीको हत्या आरोपी जलेको अवस्थामा फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रौतहटको माधवनारायण नगरपालिका– २ मुडबलवाकी रुबीकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा माधव नारायण-६ निवासी लक्ष्मण पासवान रहेका छन् । मुख्य आरोपी पासवान बिसुनपुरवा–मानपुर जाने बाटोमा शरीर जलेको अवस्थामा फेला परेका हुन् ।

उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीको भनाइ छ ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पुर्‍याएको छ र घटनाबारे अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए।

गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्किएकी रुबीको शव सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएको थियो ।

सुटकेश भित्र शव फेला : भारतमा बिहे गरेकी रुवी माइतमै बस्दै आएकी थिइन्