‘मुस्ताङ गोल्ड’ मदिरामा झिँगा फेला, काठमाण्डु महानगरले तिरायो २ लाख जरिवाना

‘मुस्ताङ गोल्ड’ मदिरामा झिँगा फेला, काठमाण्डु महानगरले तिरायो २ लाख जरिवाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डु महानगरपालिकाले धनुषा डिस्टिलरी प्रा.लि.द्वारा उत्पादित ‘मुस्ताङ गोल्ड’ मदिरामा झिँगा फेला परेको छ।

सिलबन्दी अवस्थामा बिक्री भइरहेको उक्त मदिरा मापदण्ड विपरीत भएकाले महानगरले उद्योगमाथि २ लाख रुपैयाँ जरिवाना लगाएको हो ।

भदौ ४ मा उपभोक्ताले स्वयं महानगर प्रहरी बलमा गुनासो दर्ता गराएका थिए। सोही आधारमा महानगरको सम्बन्धित विभागले नमुना संकलन गरी भौतिक जाँच गरेको थियो। जाँचको क्रममा बोतलभित्र अखाद्य तत्त्व भएको पुष्टि भएको छ।

महानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७५ अन्तर्गत यो कार्य अनुचित व्यापारिक गतिविधि मानिएको छ। साथै, ऐनको अन्य प्रावधानअनुसार धनुषा डिस्टिलरीले कानुन उल्लङ्घन गरेको ठहर भएको विभागले जनाएको छ।

महानगरको कृषि तथा पशुपक्षी विभागका अनुसार, जरिवाना रकम राजस्व खातामा जम्मा भइसकेको छ र सोको जानकारी विभागमा पेश गरिसकिएको छ।