लागूऔषधसहित ४ जना पक्राउ

लागूऔषधसहित ४ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले लागूऔषधसहित ४ जनालाई देशका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका–९ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर करीब १ ग्राम ४७० मिलिग्रामसहित शुद्धोधन गाउँपालिका–३ बस्ने १९ वर्षीया सुमित थारू समेत २ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

कैलालीको टीकापुर नगरपालिका–६ नारायणपुर चोकबाट अवैध लागूऔषध खैरो हेरोइन २३० मिलिग्रामसहित स्थानीय ४१ वर्षीय नारायण डगौरालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ मिलनचोकबाट अवैध लागूऔषध खैरो हेरोइन करीब ४ ग्राम ९६० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेटसहित हेटौंडा उपमहानगरपालिका–५ बस्ने ३२ वर्षीय समिर महतलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ । लागूपदार्थ सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।