काठमाण्डु– काठमाण्डु महानगरपालिका–३५ चमतीबाट ३८ सय थान भेप (विद्युतीय चुरोट) सहित ३ जनालाई पक्राउ परेका छन् ।
उनीहरूलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार साँझ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका ४० वर्षीय निमा छिरिङ शेर्पा, मेलम्ची नगरपालिका–७ का ५२ वर्षीय रामबहादुर गुरुङ र सोलुखुम्बुको थुलुङ गाउँपालिका–४ का ४२ वर्षीय कृष्णबहादुर गुरुङ रहेका छन् ।
पक्राउ परेकाहरू भरियामात्र रहेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।
उनका अनुसार उनीहरूले रमेश श्रेष्ठको घरको भुइँ तलाको कोठामा उक्त भेप भण्डारण गरेर राखेको पाइएको छ । भन्सार छलेर उक्त भेप चीनबाट नेपाल भित्र्याइएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया