अवैध लागूऔषधसहित ३ जना पक्राउ

अवैध लागूऔषधसहित ३ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्ताबाट नियन्त्रित लागूऔषध फेनारगन ६९ एम्पुल, डाईजेपाम ६९ एम्पुल र बुप्रेनोर्फिन ६९ एम्पुल सहित सोही नगरपालिका–१० बोक्से बस्ने ३३ वर्षीय डेनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले कदमाहाबाट गाईघाटतर्फ आउँदै गरेको को१ज ३४४१ नम्बरको विङ्गर गाडीमा सवार उनलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

महोत्तरीको बर्दिबास नगरपालिका–३ बाट अवैध लागूऔषध खैरो हेरोइन ४२ ग्रामसहित सिराहाको सुखीपुर नगरपालिका–२ बस्ने २४ वर्षीय राजिव राज महतोलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले सिराहाबाट काठमाण्डुतर्फ जाँदै गरेको बा४ख ६९१ नम्बरको हायसमा सवार उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेटसहित काठमाण्डुको बुढानिलकण्ठ नगरपालिका–१२ कपन बस्ने २७ वर्षीय नुर्पु शेर्पालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।