काठमाण्डु– काठमाण्डुको गोङ्गबु स्थित आफ्नै घरमा लुकाएर राखिएको अवस्थामा प्रहरीले बरामद गरेको रकम ४ करोड २५ लाख रहेको पुष्टि भएको छ ।
मंगलबार साँझ प्रहरीले छापा हानेर रकम बरामद गरेको थियो भने ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो ।
छापा मार्दा ठूलो मात्रामा रकम भेटिएपछि बैंकबाट मेसिन मगाएर गणना गर्दा चार करोड २५ लाख रकम र ९ किलो ८३७ ग्राम सुन रहेको पुष्टि भएको हो ।
काठमाण्डु परिसरका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार उनको साथबाट ३ किलो २१८ ग्राम चाँदीका गरगहना समेत बरामद भएका छन् ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाण्डुबाट थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
गोरखाको गोरखा नगरपालिका–६ बसपार्क स्थाई घर भएका श्रेष्ठ काठमाण्डु महानगरपालिका–२६ गोङ्गबुमा बसेर मिटरब्याजी काम गर्दै आएको प्रहरीले दाबी गरेको छ । यी गहना धितोमा राखेर उनले मिटरब्याजमा रकम दिएको खुलेको छ।




प्रतिक्रिया