वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा ठगी गर्ने २ जना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा ठगी गर्ने २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले वैदेशिक रोजगारीका नाममा बेरोजगार युवायुवतीलाई प्रलोभनमा पारी ठगी गर्ने २ व्यक्तिलाई पक्राउ गरेको छ ।

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देशमा रोजगारीका लागि लैजाने भन्दै लामो समयसम्म झुक्यानमा पारेको र अन्तत: विदेश नपठाई सम्पर्कविहीन बनेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन् ।

कार्यालयका अनुसार भक्तपुर नगरपालिका–१० निवासी ३५ वर्षीय सरोज सुवाललाई सर्बियामा रोजगारी दिलाइदिने भन्दै ३ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको हो । सुवाललाई ललितपुर महानगरपालिका–२ बाट मंगलबार पक्राउ गरिएको छ ।

यस्तै, रौतहट चन्द्रपुर नगरपालिका–२ स्थायी ठेगाना भई हाल काठमाण्डुको चन्द्रागिरी नगरपालिका–१३ बस्ने २७ वर्षीया सिर्जना कार्कीलाई रोमानिया पठाइदिने भन्दै ४ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको छ । कार्कीलाई काठमाण्डु महानगरपालिका–१२ बाट बुधबार पक्राउ गरिएको छ ।

प्रहरीले दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डुमा पठाएको जनाएको छ ।