सामाजिक सञ्जालमा महिलाहरूको चरित्र हत्या गर्ने १ जना पक्राउ

सामाजिक सञ्जालमा महिलाहरूको चरित्र हत्या गर्ने १ जना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सामाजिक सञ्जालमा महिलाहरूको चरित्र हत्या गरेको अभियोगमा सुनसरीको रामधुनी नगरपालिका–३ घर भएका दिनेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाई महिलाहरूलाई लक्षित गरी साथी बनाई कुराकानी गर्ने, अश्लिल भिडियो पठाउनुका साथै अपशब्द प्रयोग गरी गालीगलौज तथा चरित्र हत्या समेत गर्ने कार्य गरेको भन्ने पीडितहरूको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय पकली सुनसरीको सहयोगमा उनलाई सुनसरीबाट पक्राउ गरेको हो ।

उनलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाण्डुबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।