मध्यराती भीमफेदी कारागारका २६० कैदी भागे, गोली लागेर २ जना घाइते

मध्यराती भीमफेदी कारागारका २६० कैदी भागे, गोली लागेर २ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मकवानपुरको क्षेत्रीय कारागार भीमफेदीबाट मध्यरातमा २६० जना कैदी भागे गरेका छन्।

कारागार प्रमुख सुवास पौडेलका अनुसार राति १२ः५५ बजे ‘क’ ब्लकमा रहेका कैदीहरूले तीनवटा गेट तोडेर बाहिर निस्कने प्रयास गरेका थिए ।

त्यही क्रममा उनीहरूले कारागारको पश्चिमपट्टिको पर्खाल भत्काएर भागेका हुन् । सो ब्लकमा ५ सयभन्दा बढी कैदी रहेका मध्ये करिब २३० जनालाई नियन्त्रणमा लिएर पुनः कारागारमा फर्काइएको पौडेलले जानकारी दिए ।

सुरक्षाकर्मी र कैदीबीच करिब ४ घण्टासम्म तनावपूर्ण अवस्था कायम भएको थियो। त्यही क्रममा सेनाले चलाएको गोली लागेर दुई जना कैदी घाइते भएका छन् । उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । कारागारको गाडी लिएर भाग्ने क्रममा टायरमा प्रहार गरिएको गोली कैदीलाई लागेको कारागार प्रशासनले जनाएको छ ।

कैदीहरूले कारागार परिसरमा तोडफोड र आगजनीसमेत गरेका थिए। स्थिति नियन्त्रणमा लिन सेनाले करिब २०० राउन्ड हवाई फायर गरेको थियो । त्यस्तै, सशस्त्र प्रहरीले पनि २ राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो ।

कारागारको अर्को ‘ख’ ब्लक भने सुरक्षित रहेको कारागार प्रमुख पौडेलले बताए।

यस्तै कपिलवस्तु कारागारका बन्दीले कारागार तोडफोड गरी भागेका छन् ।

जेनजी आन्दोलनको मौका पारेर कारागार तोडफोड गरी चार सय बढी कैदी भागेको प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले पुष्टि गरे ।

कारागारमा ४७० जना कैदी थिए । तीमध्ये ३५ जना भने कारागारमै रहेको प्रमुख जिल्ला अधिकारीले बताए । दुई ब्लकबाट भागेका भागेकामध्ये २० जनालाई पक्राउ गरिएको उनले बताए ।