अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अवैध लागूऔषधसहित विभिन्न स्थानबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ देविनगरबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ६१ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–९ बस्ने २६ वर्षीय मातृका अधिकारी र तिलोत्तमा नगरपालिका–७ बस्ने ३२ वर्षीयको दिपक मल्ल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले प्र ३–०२–००४प८५९१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

मकवानपुरको बकैया गाउँपालिका–४ तुलसीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन ५१० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३१ वर्षीय रोजित लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गरगरेबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका–७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम १५० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँकेको बैजनाथ गाउँपालिका–३ दाङपुरूवा बस्ने २० वर्षीय शिव चौधरी र २१ वर्षीय सन्तोष कुमार थारू रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

इलामको इलाम नगरपालिका–८ तिल्केनी मोडस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर ३४० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३१ वर्षीय विशाल आचार्यलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।