बाँके – जानकी गाउँपालिका–१ साईगाउँबाट करीब १ लाख रूपैयाँ बराबरको पटाकासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारतको बहाराईच रूपैडिया बस्ने २५ वर्षीय तशवर अली, ३२ वर्षीय मोहम्मद हसिन र ३० वर्षीय युनुस राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ २ वटा साइकलमा आउँदै गरेका उनीहरूलाई पटाकासहित फेला पारी पक्राउ गरेको छ ।
बरामद पटाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया