जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेका सीटीईभीटीका विद्यार्थीको पुन: परीक्षा हुन्छ : मन्त्री पुन

जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेका सीटीईभीटीका विद्यार्थीको पुन: परीक्षा हुन्छ : मन्त्री पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले जेनजी आन्दोलनमा प्रश्नपत्रको उत्तरपुस्तिका जलेको सीटीईभीटीका विद्यार्थीहरूको पुन: परीक्षा गराउने बताएका छन् ।

सोमबार केशर महलमा पत्रकार सम्मेलन गर्दै उनले पुन: परीक्षाको निर्णय गराउन धेरै समस्या परेको भन्दै त्यसको लागि झण्डै १ करोड ७५ लाख रुपैयाँ जतिको खर्च पनि आउने बताए ।

उनले भने, ‘मन्त्री भएपछि मैले गरेको काम भनेको सीटीईभीटी सम्बन्धीको काम हो । सबैभन्दा पहिला अस्तिको जेनजी आन्दोलनमा सीटीईभीटीको जुन विद्यार्थीहरूको छन् उनीहरुको प्रश्नउत्तरको कपि जलेको हुनाले जस–जसको कपी जलेको छ, ती विद्यार्थीहरूको पुन: परीक्षा लिने भन्ने कुरामा धेरै लामो कुराकानी भएको थियो । त्यो परीक्षा सहज तरिकाले लिने कुरा भएको छ । परीक्षा फेरि लिने भन्ने निर्णय गर्नका लागि नै निकै मेहनत गर्नुपर्‍यो । कपी जलेकाहरूको फेरि परीक्षा लिँदा झण्डै झण्डै १ करोड ७५ लाख रुपैयाँ जतिको खर्च आउने भएको छ ।’

उनले सीटीईभीटी सम्बन्धी काम रोकिएको कारण २०६९ सालदेखि अहिलेसम्म करीब ४४२ वटा जति निवेदनहरू परेको बताउँदै निवेदनहरूलाई २ महिनाभित्र छानबिन गरेर टुंग्याउने पनि बताए ।

उनले भने, ‘सीटीईभीटी सम्बन्धी काम रोकिएको रहेछ, त्यसकारण २०६९ सालदेखि अहिलेसम्म करीब ४४२ वटा जति निवेदनहरू परेको र त्यो अगाडि पनि नबढेको अवस्था रहेछ र त्यो निवेदनहरूलाई २ महिनाभित्र छानबिन गरेर पाउने जतिले पाउने, नपाउनेले नपाउने गरेर टुंग्याउने भन्ने कुरा पनि भएको छ ।’

वर्तमान समयमा कम्प्युटरको ज्ञान नहुने मान्छेलाई काम गर्न समस्या हुने भन्दै त्यही कारण माध्यमिक तहसम्म १०० पूर्णांकको कम्प्युटर विषय थप्ने कुरा भएको पनि उनको भनाइ छ ।