काठमाण्डु – प्रहरीले देशका विभिन्न स्थानबाट जुवातास खेल्दाखेल्दै ९२ जनालाई पक्राउ गरेको छ ।
संखुवासभाको खाँदबारी नगरपालिका–१ बसपार्क बस्ने ५७ वर्षीय जितकुमार राईले सञ्चालन गरेको खुसुमा होटलमा जुवातास खेलिरहेको अवस्थामा जितकुमार समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७२ हजार ९३५ रूपैयाँ, १६ थान कौडा र ४ बुक ताससहित पक्राउ गरेको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका–१ रातामकै चोकस्थित काठमाण्डुको चन्द्रागिरी नगरपालिका–१३ घर भएका ४८ वर्षीय जीवन थापाले सञ्चालन गरेको स्वाद रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा जीवन समेत १० जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ८ लाख ७५ हजार १८५ रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने ३३ वर्षीय सुरेश नापितको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरेश समेत ९ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ९४ हजार ५०० रूपैयाँ र १९ बुक ताससहित पक्राउ गरेको छ ।
काभ्रेको बनेपा नगरपालिका–१२ बाँसडोलस्थित घरबाट जुवातास खेलिरहेको अवस्थामा बनेपा नगरपालिका–१२ बस्ने ३२ वर्षीय सुमन थापा समेत १३ जनालाई आईतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार ७३० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ ग्वालटारस्थित घरबाट जुवातास खेलिरहेको अवस्थामा गोलन्जोर गाउँपालिका–२ बस्ने ४८ वर्षीय ढाल बहादुर कार्की समेत २४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खुर्कोट समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८९ हजार १६१ रूपैयाँ र १६४ पत्ती ताससहित पक्राउ गरेको छ ।
कास्कीको पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने ४९ वर्षीय सुरेश शिल्पकारको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरेश लगायत ६ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५१ हजार ४५५ रुपैयाँ र २ बुक ताससहित पक्राउ गरेको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–५ बस्ने ५४ वर्षीय हिमराज खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा हिमराज समेत ५ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तलसीपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ५५ हजार १९५ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको छ ।
बाँकेको कोहलपुर नगरपालिका–१५ चौधरीया गाउँ बस्ने ५६ वर्षीय लक्ष्मी प्रसाद बोहराको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा लक्ष्मी प्रसाद समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २ लाख ८८ हजार ६३५ रूपैयाँ र २० बुक ताससहित पक्राउ गरेको छ ।
जुम्लाको चन्दननाथ नगरपालिका–१ स्थित घरबाट जुवातास खेलिरहेको अवस्थामा सिंजा गाउँपालिका–५ बस्ने ३६ वर्षीय कुष्ण आरसी लगायत ७ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ७९ हजार २८५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको छ ।
जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया