प्राधिकरणका महानिर्देशक अधिकारीमाथि दुर्व्यवहार, प्रहरीमा उजुरी

प्राधिकरणका महानिर्देशक अधिकारीमाथि दुर्व्यवहार, प्रहरीमा उजुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) महानिर्देशक प्रदीप अधिकारीमाथि सोमबार साँझ ललितपुरमा दुर्व्यवहार भएको छ ।

सातदोबाटोबाट निवासतर्फ फर्किने क्रममा अधिकारीमाथि अपरिचित व्यक्तिहरूले दुर्व्यवहार गरेको प्रहरीले पुष्टि गरेको छ ।

घटनापछि अधिकारीले तत्काल जिल्ला प्रहरी परिसर ललितपुरमा गएर औपचारिक उजुरी दर्ता गरेका छन् ।

ललितपुर प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले घटनामा संलग्न व्यक्तिहरूको पहिचानका लागि खोजी कार्य तीव्र पारिएको जानकारी दिए । महानिर्देशक अधिकारीमाथि दुर्व्यवहार गर्नेलाई चाँडै नियन्त्रणमा लिने गरी अनुसन्धान भइरहेको उनले बताए ।

प्रहरीले आसपासको क्षेत्रका सीसीटीभी फुटेज संकलन गरी अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।