जुवातास खेल्दाखेल्दै १९ जना पक्राउ

जुवातास खेल्दाखेल्दै १९ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले देशका विभिन्न स्थानबाट जुवातास खेल्दाखेल्दै १९ जनालाई पक्राउ गरेको छ ।

मोरङको ग्रामथान गाउँपालिका–३ सिद्राहा बाँसबारी चोकमा जुवा (कौडा) खेलिरहेको अवस्थामा विराटनगर महानगरपालिका–३ बस्ने ६७ वर्षीय अरूण गुप्ता समेत ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ समेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४८ हजार ५४० रूपैयाँ र कौडा १५ थानसहित पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका–१६ माथिल्लो दिप बस्ने ६० वर्षीय बालकृष्ण गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा बालकृष्ण समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९५ हजार ६७५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ पुष्पलाल चोकस्थित पसलमा जुवातास खेलिरहेको अवस्थामा भीमदत्त नगरपालिका–१५ बस्ने ३८ वर्षीय प्रकाश धनाडी समेत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४१ हजार ९७५ रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।