संरक्षित वन्यजन्तु भालुको आखेटोपहारसहित २ जना पक्राउ

संरक्षित वन्यजन्तु भालुको आखेटोपहारसहित २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गोकर्णेश्वर नगरपालिका–१ रूप्सेटारबाट करीब ५६८ ग्राम तौल बराबरको संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने आखेटोपहार २ थानसहित २ जनालाई आईतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कालिकोट खाँडाचक्र नगरपालिका–६ घर भएका २५ वर्षीय रमेश बहादुर शाही र २८ वर्षीय कृष्ण बहादुर शाही रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त आखेटोपहार सहित पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाण्डु पठाइएको छ ।