प्रभु ग्रूपको हिनामिना आरोपमा एमालेका पूर्वसांसद भट्टचन पक्राउ

प्रभु ग्रूपको हिनामिना आरोपमा एमालेका पूर्वसांसद भट्टचन पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका पूर्वसांसद तथा व्यवसायी देवीप्रसाद भट्टचनलाई ठगी आरोपमा पक्राउ गरिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार उनलाई नियन्त्रणमा लिएको छ ।

सीआईबी स्रोतका अनुसार प्रभु ग्रूपसँग सम्बन्धित आर्थिक हिनामिनाको अनुसन्धानका क्रममा भट्टचनलाई पक्राउ गरिएको छ । प्रभु रेमिटेन्स र सहकारीको रकम दुरुपयोग भएको उजुरी दर्ता भएपछि उनीमाथि अनुसन्धान अघि बढाइएको बताइएको छ ।

भट्टचनविरुद्ध यसअघि पनि प्रभु ग्रूपकै पूर्वसञ्चालक कुसुम लामाले आर्थिक अनियमितताको उजुरी दर्ता गराएकी थिइन् । लामाको उजुरीमा प्रभु ग्रूपले रेमिटेन्स र सहकारी खाताबाट ठूलो रकम हिनामिना गरेको आरोप लगाइएको थियो ।