जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी – जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

बर्दिबास नगरपालिका–७ बस्ने कृष्ण बहादुर तमाङको घरमा जुवातास खेलिरहेको अवस्थामा सिराहाको मिर्चैया नगरपालिका–४ बस्ने २१ वर्षीय भगवान बाबु साह समेत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २ लाख ३६ हजार ५७५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।