काठमाण्डु – राजधानीको बालाजु बाइपास क्षेत्रबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित १ युवकलाई नियन्त्रणमा लिएको छ ।
काठमाण्डु महानगरपालिका–१६ बालाजु बाइपास नजिक लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले २१ वर्षीय रोहन नगरकोटीलाई पक्राउ गरेको हो ।
उनको साथबाट ब्राउन सुगर १.२५ ग्राम लागूऔषध, नगद १२ हजार ५०० रुपैयाँ र २ थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ ।
नगरकोटीलाई पक्राउ गरी लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ । काठमाण्डु जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया