श्रीमतीको हत्या गरेको अभियोगमा १ जना पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा १ जना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी पश्चिम – हत्या गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

आफ्नै श्रीमती ५५ वर्षीया भिमकला थापाको हत्या गरेको अभियोगमा सुनवल नगरपालिका–१३ घ्युडल्ला बस्ने ६२ वर्षीय खड्काबहादुर थापालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

खड्काले खुर्पा प्रहार गर्दा भिमकला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट भुमही र इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ । खुर्पा प्रहारबाट गम्भीर घाइते भएकी भिमकलाको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।