ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न १ जना पक्राउ

ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न १ जना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न १ जनालाई पक्राउ गरेको छ ।

ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा प्रहरीले नेपाल ट्रष्टको कार्यालय दरबारमार्ग काठमाण्डुका तत्कालीन सहसचिव चितवनको भरतपुर महानगरपालिका–१५ बस्ने ६६ वर्षीय लेखबहादुर कार्कीलाई पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा नेपाल ट्रष्टको नाममा दर्ता कायम रहेको काठमाण्डु महानगरपालिका–१ दरबारमार्गस्थित रहेको जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिको बीचमा लिजमा दिने–लिने करार सम्झौता हुँदा सूचनामा उल्लेख भएको कित्ता नम्बर ४६०६ को जग्गाभन्दा बढी अर्को कित्ता नम्बर ४६०५ समेत थप गरी लिजमा दिने–लिने सम्झौता सञ्चालक समितिको निर्णय र आधार विना बदनियतपूर्वक भएको खुल्न आएको छ ।

नेपाल ट्रष्टको नाममा ‍रहेको जग्गा बीओटी मोडलको निमित्त निर्माण अवधि ३ वर्ष समेत ३० वर्षका लागि लिजमा दिने–लिने सम्झौता गरी नेपाल ट्रष्टको कार्यालयलाई दीर्घकालीन हानी नोक्सानी हुने गरी २०७४ जेठ १४ गते करार सम्झौता गरेको, लिजमा लिने लाभ ग्राहीले सहयोग गर्ने अधिकारी सम्बद्ध रहेको विभिन्न ओहदा र पदमा रहेका व्यक्तिहरूले गैरकानूनी तवरले लाभ लिई ठगी, आपराधिक विश्वासघात गरेको एवं नेपाल ट्रष्ट मार्फत नेपाल राष्ट्रलाई नै ठूलो हानी नोक्सानी पुर्‍याई विभिन्न पद तथा ओहदामा रहेका व्यक्ति, सरकारी कर्मचारी तथा अन्य व्यक्ति, सहयोगी तथा मतियार समेतले लाभ लिएको खुल्न आएको छ ।

घटना सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।