काठमाण्डु– भारतीय सञ्चारमाध्यमहरुले बलिउड अभिनेता धर्मेन्द्र देओलको निधन भएको दावी गरेका छन् ।
८९ वर्षीय अभिनेताको उपचारका क्रममा निधन भएको बताइएको हो।
श्वासप्रश्वासमा समस्या भएपछि उनलाई सोमबार ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार उनकी श्रीमती हेमा मालिनी, छोरा सनी र बबी देओल अनि छोरीहरू ईशा र आहाना देओल अस्पतालमा छन् ।
सन १९३५ मा पञ्जाबमा धर्म सिंह देओलको रूपमा जन्मेका धर्मेन्द्रले १९६० को दशकको शुरुमा फिल्ममा डेब्यू गरेका थिए भने उनले सयकडौं फिल्ममा अभिनय गरेका छन् । शोले फिल्मले त उनलाई नयाँ उचाइमा पुर्याएको थियो ।
उनको देहान्तमा भारतीय कलाकार, राजनीतिकर्मी र फ्यानहरुले शोक प्रकट गर्दैै श्रद्धाञ्जली व्यक्त समेत गरेका छन् ।




प्रतिक्रिया