नवनियुक्त प्रदेश प्रमुख कर्णद्वारा पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रदेश प्रमुख कर्णद्वारा पद तथा गोपनीयताको शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतलनिवासमा उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णलाई मधेश प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । सरकारले सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गरी कर्णलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।